ad ad

राजनीति


संसदका नवनियुक्त महासचिव गौतमद्वारा सपथ ग्रहण

संसदका नवनियुक्त महासचिव गौतमद्वारा सपथ ग्रहण

नेपालखबर
बैशाख २३, २०७७ मंगलबार ७:२३,

सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसदका नवनियुक्त महासचिव डा. भरतराज गौतमलाई मंगलबार पद तथा गोपनियताको शपथ गराएका छन्।

संघीय संसद सचिवालय सिंहदरबारमा आयोजित एक कार्यक्रममा राष्ट्रिय सभाका अध्यक्ष, उपाध्यक्ष, संसदीय दलका नेता, सचेतक र समिती सभापतिज्युको समेत उपस्थितीमा शपथ गराइएको संसद सचिवालयले जनाएको छ।

उनलाई प्रतिनिधि सभाका सभामुख तथा राष्ट्रिय सभा अध्यक्षद्वारा सोमबार सो पदका लागि सिफारिश गरिएको थियो। सोमबार नै राष्ट्रपतिद्वारा उनलाई सो पदमा नियुक्त गरिएको सूचना जारी भएको थियो।

शपथलगत्तै नवनियुक्त महासचिव गौतमले आफूले सबैसँग समन्वय र सहकार्यमा सचिवालयको काम गर्ने प्रतिबद्धता जनाएका थिए।

BharatRajGautam office

गौतमले मंगलबार नै सिंहदरवारस्थित कार्यालयमा पदबहाली गरिसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .