राजनीति


आज काठमाडौँमा एकता घोषणा सभा गर्दै रास्वपा

आज काठमाडौँमा एकता घोषणा सभा गर्दै रास्वपा

नेपालखबर
पुस २१, २०८२ सोमबार ९:१४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आज एकता घोषणा सभा गर्दैछ। रास्वपाले थरुहटका पूर्व नेताहरूलाई काठमाडौँमा एकता घोषणा सभा गरेर आफ्नो पार्टीमा भित्र्याउन लागेको हो। 

सोमबार दिउँसो १ बजे राष्ट्रिय सभा गृहमा हुने एकता सभामा पार्टी सभापति रवि लामिछानेसहितका नेताले सम्बोधन गर्ने कार्यक्रम छ। 

थरुहटका लक्ष्मण थारू, सुरेन्द्र चौधरीलगायतका नेतासँग रास्वपाले एकता गर्ने लागेको रास्वपाका प्रवक्ता मनिष झाले जानकारी दिए। 

यसअघि उनीहरू रञ्जिता श्रेष्ठ नेतृत्वको तत्कालीन नागरिक उन्मुक्ति पार्टी (नाउपा) का नेता थिए। नाउपाका रुपन्देहीका पूर्वजिल्ला अध्यक्षसहित ३३ जना नेता आज रास्वपामा समाहित हुन लागेका हुन्। 

पूर्वमन्त्रीसमेत रहेकी रञ्जिता भने नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेकी छन्। उनीसँग असन्तुष्ट नेता-कार्यकर्ता आज रास्वपामा प्रवेश गर्न लागेका हुन्। 

रास्वपासँग पुस १३ मा काठमाडौँका मेयर बालेन साहको समूह र पुस १४ मा उज्यालो नेपाल पार्टीसँग एकता गर्ने सहमति भएको थियो। 

सोही सहमति अनुसार बालेनलाई रास्वपाले पार्टीको वरिष्ठ नेता बनाएको छ भने उनी पक्षीय २६ जना केन्द्रीय सदस्यमा मनोनित भएका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad