राजनीति


भेनेजुएलामाथिको आक्रमण र राष्ट्रपतिको अपहरण अन्तर्राष्ट्रिय कानुनको भद्दा उल्लंघन : भट्टराई

भेनेजुएलामाथिको आक्रमण र राष्ट्रपतिको अपहरण अन्तर्राष्ट्रिय कानुनको भद्दा उल्लंघन : भट्टराई

नेपालखबर
पुस १९, २०८२ शनिबार १७:४६, काठमाडौँ

पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले अमेरिकाले भेनेजुएलामाथि गरेको आक्रमण र राष्ट्रपतिसहितको अपहरणलाई अन्तर्राष्ट्रिय कानुनको उल्लंघन बताउँदै कडा आलोचना गरेका छन्।

फेसबुकमा भट्टराईले लेखेका छन्, ‘संयुक्त राष्ट्र संघको सदस्य राष्ट्र भेनेजुएलामाथि अमेरिकाले गरेको नांगो आक्रमण र राष्ट्रपतिको अपहरण अन्तर्राष्ट्रिय प्रणाली र कानुनको भद्दा उल्लंघन हो। यसमा सबै सार्वभौम राष्ट्र र विश्व जनसमुदायले कडा शब्दमा विरोध र भर्त्सना गर्नुपर्छ।’

उनले थप चेतावनी दिंदै भनेका छन्, ‘यस्तो हिंसाको प्रवृत्तिलाई बेलैमा रोक्न नसकेमा सम्पूर्ण विश्वमा भयंकर अनिष्ट आउन सक्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad