महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबार पार्टीको नियमित महाधिवेशन स्थगन घोषणा गरेपछि नेपाली कांग्रेसमा खैलाबैला मच्चिएको छ।
महामन्त्रीहरूले बिहीबार साँझ संयुक्त वक्तव्य जारी गरी अब विशेष महाधिवेशनतर्फ अघि बढ्न आह्वान गरेलगत्तै सभापति शेरबहादुर देउवाले कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता रमेश लेखकसँग छलफल गरेका छन्।
यस्तै उनले यस विषयमा आज पनि पार्टीका शीर्ष नेताहरूसँग छलफल गर्दै छन्।
यस्तै आज कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक पनि बस्दै छ। बैठक दिउँसो ३ बजे कांग्रेस केन्द्रीय कार्यायलय (ललितपुर) मा बस्ने पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
411
Shares

प्रतिक्रिया