राजनीति


लोसपासँग एकतापछि मधेसमा उपेन्द्र यादव नेतृत्वको दल बन्यो सबैभन्दा ठूलो

लोसपासँग एकतापछि मधेसमा उपेन्द्र यादव नेतृत्वको दल बन्यो सबैभन्दा ठूलो

नेपालखबर
पुस १५, २०८२ मंगलबार १२:२२, काठमाडौँ

जनता समाजवादी पार्टी (जसपा) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीचको एकतापछि उपेन्द्र यादव नेतृत्वको दल मधेसमा सबैभन्दा ठूलो बनेको छ। 

जसपा र लोसपाले पुस १३ गते एकताको सहमति गरेपछि मधेस प्रदेश सभामा यादव नेतृत्वको दल सबैभन्दा ठूलो हुने अवस्था सिर्जना भएको हो। 

यादव र लोसपा अध्यक्ष महन्थ ठाकुरबीच पार्टी एकताको सहमति भए पनि एकीकृत पार्टीको नाम र संगठनात्मक संरचनाबारे भने निर्णय भइसकेको छैन। 

१०७ सदस्य मधेश प्रदेशसभामा यसअघि २४ सांसदसहित सबैभन्दा ठूलो दल नेकपा एमाले थियो। एमालेपछि नेपाली कांग्रेस २२ सांसदसहित दोस्रो ठूलो दल थियाे।

मधेस सभामा जसपा नेपालका १८ र लोसपाका ८ जना सांसद छन्। यी दुई दलका सांसद जोड्दा यहाँ अब एकीकृत दलको सांसद संख्या २६ हुनेछ। 

मधेस सभामा जनमतका १३, नेकपा माओवादी केन्द्रका ९, नेकपा एकीकृत समाजवादीका ७ सांसद छन्। यी दुई दल एकीकृत भए पनि हाल फरक फरक दलबाटै प्रतिनिधित्व गर्दै आएका छन्।

यस्तै राप्रपा नेपाल, नागरिक उन्मुक्ति पार्टी र नेपाल सङ्घीय समाजवादी पार्टीको मधेस एक–एक जना सांसद छन्। 

हाल मधेसको मुख्यमन्त्री कांग्रेसका कृष्णप्रसाद यादव छ। उनलाई एमालेबाहेकका दलले मुख्यमन्त्री बनाएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad