राजनीति


बालेन र कुलमानसँग सहकार्य नयाँ राजनीतिक शक्ति निर्माणको प्रारम्भ: डीपी अर्याल

बालेन र कुलमानसँग सहकार्य नयाँ राजनीतिक शक्ति निर्माणको प्रारम्भ: डीपी अर्याल

नेपालखबर
पुस १४, २०८२ सोमबार २१:२६, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति डीपी अर्यालले बालेन्द्र शाह बालेन र कुलमान घिसिङसँग सहकार्य जनचाहनाको सम्बोधन र नयाँ राजनीतिक शक्ति निर्माणको सुरुवात भएको बताएका छन्।

रास्वपा, बालेन र कुलमानबीच सोमबार राति एकताको सहमति भएपछि अर्यालले सामाजिक सञ्जालमार्फत खुसी प्रकट गरेका हुन्। 

‘बलियो राजनीतिक शक्ति बन्ने अभियानमा रास्वपा थप विस्तारित र सुदृढ बन्दै छ। बालेन र कुलमानजीसँगको सहकार्य जनचाहनाको सम्बोधन र नयाँ राजनीतिक शक्ति निर्माणको प्रारम्भ हो। हामी जनताको विश्वासमै अझै शसक्त र सबल हुनेछौँ’, उनले लेखेका छन्, ‘एकतालाई सुदृढ बनाउन योगगदान र त्याग गर्नुहुने सबैप्रति आभारी छौँ।’

तीन पक्षबीच एकतासँगै अब कुलमान संरक्षक रहेको उज्यालो नेपाल पार्टी रास्वपामा समाहित भएको छ।  काठमाडौँ महानगरपालिकाका मेयर बालेन त आइतबारदेखि नै रास्वपा नेता बनिसकेका छन्।    

हेर्नुहोस् सहमतिपत्र:

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad