राजनीति


रास्वपातिर संकेत गर्दै कुलमानले भने- उहाँहरूसँग संरचना होला, हामीसँग जनताको विश्वास होला

रास्वपातिर संकेत गर्दै कुलमानले भने- उहाँहरूसँग संरचना होला, हामीसँग जनताको विश्वास होला

तस्बिर: रासस


नेपालखबर
पुस १२, २०८२ शनिबार १६:१६, काठमाडौँ

ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले पार्टी एकताबारे जनताको पनि चाहाना हुनुपर्ने बताएका छन्। 

उज्यालो नेपाल पार्टी नुवाकोट-काठमाडौँ सम्पर्क मञ्चको काठमाडौँमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले आफूले भनेर मात्रै एकता नहुने उल्लेख गरे।

‘मैले मात्र एकता हुनुपर्छ भनेर हुँदैन,’ घिसिङले भने, ‘सबैले सोच्नुपर्छ, जनताको चाहना बुझ्नुपर्छ।’

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), काठमाडौँ महानगरका मेयर बालेन शाह र घिसिङबीच चुनावी एकताका लागि प्रयास भइरहेको छ। रास्वपातिर संकेत गर्दै कुलमानले आफूहरुसँग पार्टीगत संरचना नभए पनि जनताको विश्वास भएको उल्लेख गरे।

‘उहाँहरूसँग संरचना होला, सबैचिज होला तर, हामीसँग जनताको विश्वास होला त्यही सबैभन्दा ठूलो करा हो,’ उनले भने, ‘जनताको विश्वास भएपछि सबैकुरा अगाडि बढ्छ।’

सबैको अस्तित्वलाई बुझेर गरिएको एकता मात्रै लामो समय जाने घिसिङको भनाइ छ। ‘सबैको अस्तित्वलाई बुझेर सबैको अस्तित्वलाई समान हैसियत दिएर एकता भयो भने, त्यो एकता लामो समयसम्म टिक्छ,’ उनले भने, ‘जनताको पनि चाहना त्यही छ।’

एउटौ पार्टी सम्भव नभए सरकारमा मिलेर जानुपर्ने घिसिङको भनाइ छ। ‘सकेसम्म एउटैमा नभएपनि एकताको आभास दिने गरेर एकताबद्ध भएर आगामी सरकारलाई नेतृत्व दिने हिसाबले अगाडि बढ्नुपर्छ,’ उनले भने, ‘देशको समृद्धिको लागि एउटा सुरुवाताको फ्रेज जुन सुरु हुन लागेको छ, त्यसको लागि आगामी फागुन २१ को चुनावमा सही व्यक्तिहरूको नेतृत्वमा सही व्यक्तिहरू चुनेर आगामी सरकार सही नेतृत्व दिन सकोस भन्ने हिसाबले हामी अगाडि बढ्नुपर्छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad