राजनीति


एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन : कुलमान घिसिङ

एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन : कुलमान घिसिङ

फाइल तस्बिर


नेपालखबर
पुस १२, २०८२ शनिबार १५:५३, काठमाडौँ

ऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले कसैको अस्तित्व समाप्त पारेर एकता सम्भव नहुने बताएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टी र काठमाडौँ महानगरका मेयरबीच एकताको चर्चा चलिरहेका बेला उनले सम्मानजनक एकता मात्रै स्वीकार्य हुने बताए।

‘एकताको अर्थ अरूलाई समाप्त गर्नु होइन’, उज्यालो नेपाल पार्टी नुवाकोट-काठमाडौँ सम्पर्क मञ्चको काठमाडौँमा आयोजित उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘सबैको अस्तित्व स्वीकार गर्दै, सबैलाई सम्मान हुने गरी अघि बढ्नु नै साँचो एकता हो।’ 

उनले  देश अब नयाँ सोच, नयाँ नेतृत्व र नयाँ दिशासहित अगाडि बढ्ने स्पष्ट धारणा व्यक्त गरे।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनलाई देशको भविष्य बदल्ने महत्वपूर्ण अवसरका रूपमा लिन समेत घिसिङले आग्रह गरे।

‘अब देश पुरानै ढर्राबाट अगाडि बढ्न सक्दैन’, उनले भने, ‘देशलाई नयाँ शिराबाट अगाडि बढाउन सक्ने नेतृत्व आवश्यक छ। त्यो नेतृत्व दिन जनता स्वयं अघि सर्नुपर्छ।’

उज्यालो नेपाल पार्टीले देशभर आफ्ना सङ्गठनात्मक संरचना विस्तार गर्दै लगेको उल्लेख गर्दै मन्त्री घिसिङले सानो झिल्कोबाट सुरु भएको अभियान आज राष्ट्रिय अभियानका रूपमा विस्तार हुँदै गएको बताए।

‘एउटा सानो उज्यालोको झिल्को अब देशैभर फैलिँदैछ, यसले देशको नेतृत्व परिवर्तन गर्ने आधार तयार गर्दैछ,’ घिसिङले थपे। रासस
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad