राजनीति


आज सञ्चारमन्त्री खरेल, किन पुगिरहेका छन् देउवा, ओली र प्रचण्डका घरघरमै?

आज सञ्चारमन्त्री खरेल, किन पुगिरहेका छन् देउवा, ओली र प्रचण्डका घरघरमै?

शनिबार बिहान देउवासँग भेटवार्ता गर्दै सञ्चारमन्त्री खरेल।


नेपालखबर
पुस ११, २०८२ शुक्रबार ११:१२, काठमाडौँ

सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री जगदीश खरेल आज बिहानै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेट गर्न उनकै निवास महाराजगन्ज पुगेका छन्। 

त्यस क्रममा उनले देउवासँग निर्वाचनका विषयमा छलफल गरेका छन्। 

त्यहाँबाट लगत्तै उनी एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास गुण्डु पुग्नेछन्।

यसपछि मन्त्री खरेल दिउँसो १२ बजे नेपाल कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड भेट्न उनकै निजी निवास हात्तीवन पुग्ने कार्यक्रम छ। 

यसरी आज सञ्चारमन्त्री खरेल किन प्रमुख तीन नेताका घरघरमै पुग्दै छन् त?

खासमा प्रधानमन्त्री सुशीला कार्कीले शनिबार देउवा, ओली र प्रचण्डसँग छलफल गर्दै छिन्। 

त्यसकै निम्ता दिन सञ्चारमन्त्री खरेल आज प्रमुख तीन नेताका घरघरमा पुगिरहेका हुन्।

यस क्रममा सञ्चारमन्त्री खरेलले बिहानको भेटमा कांग्रेस सभापति देउवालाई निमन्त्रणा गरिसकेको स्रोतले नेपालखबरलाई जानकारी दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad