काठमाडौँ महानगरका मेयर बालेन शाहले जेनजी प्रतिनिधिहरुलाई मिलेर जाने प्रस्ताव गरेका छन्।
ललितपुरको कुुपण्डोलस्थित आफ्ना सहयोगी कुमार बनेको घरमा बिहीबार जेनजी प्रतिनिधिहरुसँग सामूहिक छलफल गर्दै पहिले सबै मिलेर आउन आग्रह गरेका थिए।
‘तपाईंहरू एक ठाउँ आउनुहोस्,’ बालेनको भनाइ उल्लेख गर्दै जेनजी अभियन्ता योगेन्द्र भण्डारीले नेपालखबरसँग भने, ‘एकता त्यहाँबाट सुरु हुन्छ।’
बालेनसँगको छलफलमा जेनजी प्रतिनिधिहरू सुदन गुरुङ, रक्षा बम, पुरुषोत्तम यादव लगायत उपस्थित भएका थिए।
663
Shares

प्रतिक्रिया