राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहबीच आज झण्डै ४ घण्टा ‘वान-टु-वान’ वार्ता भयो।
कुुपण्डोलस्थित बालेन सहयोगीको घरमा बर्ता सकाएपछि निस्केका रवि लामिछानेलाई सञ्चारकर्मीहरूले २ प्रश्न गरेका थिए।
बालेनसँगको भेटपछि रविलाई पहिलो प्रश्न गरिएको थियो- ‘लौरो नै टेक्ने हो कि घण्टी बजाउने हो?’ त्यसमा रविले हाँस्दै ‘अलिकति प्रतिक्षा गर्नुहोस् न’ भन्ने जवाफ दिए। यद्यपि, उलने केही कुरा पनि खुलाउन खोजेनन्।
रविका यी छोटा तर अर्थपूर्ण अभिव्यक्तिले बालेनसँगको भेटलाई लिएर राजनीतिक वृत्तमा चासो बढेको छ।
रविले आजै फेरि बालेनसँग भेटवार्ता पनि गर्दै छन्।
477
Shares

प्रतिक्रिया