राजनीति


हृदयन्द्रसँग गीत गाएकी पञ्चकली राप्रपाको समानुपातिक उम्मेदवार सिफारिस

हृदयन्द्रसँग गीत गाएकी पञ्चकली राप्रपाको समानुपातिक उम्मेदवार सिफारिस

नेपालखबर
पुस ९, २०८२ बुधबार १९:१५, काठमाडौँ

पाँच महिनाअघि हृदयन्द्र शाहसँग गीत गाएर चर्चामा आएकी जुम्लाकी पञ्चकली बुढालाई राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले समानुपातिक उम्मेदवारमा सिफारिस गरेको छ। 

राप्रपा जुम्लाले पञ्चकलीलाई समानुपातिक उम्मेदवारमा सिफारिस गरेको राप्रपा प्रवक्ता ज्ञानेन्द्र शाहीले जानकारी दिए। ‘युवा चाहिने भएकाले पञ्चकलीलाई उम्मेदवार सिफारिस गरिएको हो,’ शाहीले नेपालखबरसँग भने। 

बुधबार राप्रपाले तीन जनाको नाम सिफारिस गरेको हो। त्यसमा पञ्चकलीको नाम पहिलो नम्बरमा रहेको प्रवक्ता शाहीले बताए। दोस्रो नम्बरमा बसन्ताकुमारी शाही र तेस्रो नम्बरमा जानदेवी शर्माको नाम सिफारिस भएको छ।

आउँदो फागुन २१ गते प्रतिनिधि सभाको निर्वाचत हुँदै छ। त्यसका लागि निर्वाचन आयोगले पुस १३ र १४ गतेभित्र समानुपातिक उम्मेदवारको सूची बुझाउने समय तोकेको छ। 

गत साउनमा हृदयन्द्र जुम्ला भ्रमणमा गएका थिए। त्यतिवेला उनले ‘भ्लग’ बनाएका थिए। त्यसमा पञ्चकलीले गीत गाएका थिइन्। 

पञ्चकलीले ‘जुम्ला फल्छ धान संसारकै अग्लो ठाउँमा, कोही सुन्दैनन् कान, कर्नाली रोयाको आवाज’ गीत गाएकी थिइन्। ठाडो भाकामा गाइएको यो गीतले उनलाई चर्चामा ल्याएको थियो। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad