राजनीति


टासी ल्हान्जोम रास्वापाबाट समानुपातिकको प्रारम्भिक सूचीमा

टासी ल्हान्जोम रास्वापाबाट समानुपातिकको  प्रारम्भिक सूचीमा

नेपालखबर
पुस ९, २०८२ बुधबार १९:६, काठमाडौँ

जेनजी अभियानता टासी ल्हान्जोम राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को समानुपातिकतर्फको प्रारम्भिक सूचीमा परेकी छिन्।

हुम्लाकी उनले आदिवासी जनजाति क्लस्टरबाट उम्मेदवारी लागि उनले आवेदन दिएकी थिइन्। 

‘हाम्रा केही साथी सडकमा जान चाहानुहुन्छ त केही सदनमा,’ उनले भनिन्, ‘त्यसमा मैले सदन छानेँ। म रास्वपाको माध्यमबाट सरकारमा पुगे पनि मैले हाम्रा एजेन्डा भित्र नै रहेर काम गर्ने हो।’

टासीको नाम केही समय अगाडि महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रीका लागि चर्चामा आएको थियो। तर, उनको नाममा विवाद भएपछि अन्तिममा नाम काटिएको थियो।

रास्वपाले समानुपातिकतर्फका उम्मेदवारको अन्तिम सूची पुस १४ गते सार्वजनिक गर्ने छ। केही दिन अगाडि मात्र जेनजी प्रतिनिधि पुरुषोत्तम यादवले पनि रास्वपाको समानुपातिक तर्फ मधेसी क्लस्टरमा उम्मेदवारी दिएका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad