नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा जेनजी आन्दोलन जाँचबुझ आयोगमामा पूर्वगृहमन्त्री रमेश लेखकले बयान दिने वा नदिने भन्ने विषयमा पनि छलफल भएको छ।
बुधबार केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकमा जाँचबुझ आयोगले लेखकलाई पत्र काटेको विषयमा कुराकानी भएको कांग्रेस प्रवक्ता प्रकाशशरण महतले बताए। बैठकमा सहभागी नेताले जाँचबुझ आयोगमा बयान दिन लेखकलाई सुझाव दिएको उनले जानकारी दिए।
बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै महतले भने, ‘आजको बैठकमा निवर्तमान गृहमन्त्रीलाई बयान दिन जानुपर्ने विषयमा कुरा उठ्यो। सुझाव दिने साथीहरूले बयान दिन जानू राम्रो हो भन्नुभयो।’
जाँचबुझ आयोगले पूर्वगृहमन्त्री लेखकलाई बयानका लागि बोलाएको छ। उनले बयानका लागि जाने वा नजाने प्रष्ट पारेका छैनन्।
342
Shares

प्रतिक्रिया