राजनीति


उज्यालो नेपाल र सर्वोदय पार्टीबीच चुनावी एकता, ‘बलेको चिम’ चुनाव चिह्न

उज्यालो नेपाल र सर्वोदय पार्टीबीच चुनावी एकता, ‘बलेको चिम’ चुनाव चिह्न

तस्बिर : सरोज शाही


नेपालखबर
पुस ९, २०८२ बुधबार १४:२४, काठमाडौँ

कुलमान घिसिङको उज्यालो नेपाल पार्टी र सर्वोदय पार्टीबीच चुनावी एकता भएको छ। 

बुधबार इन्द्रेणी बैंक्वेटमा भएको कार्यक्रममा दुवै पार्टीले आपसी सहमति र साझा राजनीतिक दृष्टिकोणका आधारमा उज्यालो नेपाल पार्टीको चुनाव चिन्ह ‘बलेको चिम’ प्रयोग गर्दै संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने निर्णय सार्वजनिक गरेका हुन्।

सहमतिमा उज्यालो नेपाल पार्टीका अध्यक्ष अनुपकुमार उपाध्याय र सर्वोदय पार्टीका अध्यक्ष दीपककुमार साहले हस्ताक्षर गरेका हुन्।

सम्झौताअनुसार प्रतिनिधि सभा निर्वाचनमा उज्यालो नेपाल पार्टीको दर्ता, संगठन संरचना र ‘बलेको चिम’ चुनाव चिह्न प्रयोग गरी संयुक्त उम्मेदवारी दिइने उल्लेख गरिएको छ। 

त्यस्तै प्रचार-प्रसारदेखि घोषणापत्रसम्म सबै कार्य संयुक्त रूपमा बनाइने र कुनै विवाद उत्पन्न भएमा दुवै पार्टीका शीर्ष नेताको संयुक्त बैठकमार्फत समाधान गरिने बताइएको छ।

दुवै पार्टीले पछिल्लो समय जनतामा बढ्दो सुशासन, दिगो विकास, सामाजिक न्याय, इमानदार र जनउत्तरदायी नेतृत्वप्रतिको चाहनालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्। 

त्यस्तै लोकतन्त्र, संघीयता, समावेशीता, समानता तथा देश र मधेसको समग्र विकास र दिगो समृद्धिलाई एकताको मूल सन्देशका रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad