नेपाली सेनाको उपरथीबाट रथी पदमा बढुवा भएका प्रभुराम शर्मालाई प्रधानसेनापति पूर्णचन्द्र थापाले दर्ज्यानी चिन्ह प्रदान गरेका छन्।
शर्मा नेपाल सरकार, मन्त्रिपरिषद्को यही वैशाख १४ गतेको निर्णय बमोजिम रथी दर्जामा पदोन्नती भएका हुन्।
कार्यक्रममा उपरथी दर्जामा पदोन्नती भएका सहायक रथी आनन्द कुमार अधिकारी र संजय थापालाईसमेत प्रधानसेनापति थापाले उपरथी दर्जाको दर्ज्यानी चिन्ह प्रदान गरेका थिए।
रथी दर्जामा पदोन्नती भएका शर्मालाई बलाध्यक्षको जिम्मेवारी दिईएको छ भने उपरथी दर्जामा पदोन्नती भएका उपरथी अधिकारीलाई उपत्यका पृतना हेड क्वाटरको पृतनापति र उपरथी संजय थापालाई मध्य पश्चिम पृतना हेड क्वाटरको पृतनापतिको जिम्मेवारी दिइएको छ।
उपरथि अधिकारी र थापा
कार्यक्रममा नेपाली सेनाका रथीबृन्द तथा अधिकृतहरुको उपस्थिती रहेको थियो।

प्रतिक्रिया