राजनीति


चिनियाँ राजदूतद्वारा राष्ट्रपति पौडेलसँग बिदाइ भेट

चिनियाँ राजदूतद्वारा राष्ट्रपति पौडेलसँग बिदाइ भेट

नेपालखबर
पुस ८, २०८२ मंगलबार १५:२३, काठमाडौँ

नेपालका लागि चिनियाँ राजदूत छन् सोङले राष्ट्रपति रामचन्द्र पौडेलसँग बिदाइ भेट गरेका छन्। 

राष्ट्रपति कार्यालय महाराजगञ्जमा मंगलबार राष्ट्रपति पौडेलसँग राजदूत सङले शिष्टाचार बिदाइ भेट गरेका हुन्।

सो अवसरमा नेपाल र चीनबीच रहिआएको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीप कुमार कोइरालाले जानकारी दिएका छन्।

सो अवसरमा राष्ट्रपति पौडेलले राजदूत सोङलाई आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गरेकोमा धन्यवाद समेत व्यक्त गरेका थिए।

राजदूत सङ चिनियाँ विदेश मन्त्रालयको एसियाली विभागको महानिर्देशक पदमा बढुवा भएर फर्किंदैछन्।

राजदूत सङले प्रधानमन्त्री सुशीला कार्की र अन्य अधिकारी तथा नेताहरूसँग भेट गरिसकेका छन्।

उनी आफ्नो कूटनीतिक जिम्मेवारी लिन जनवरी २०२३ मा काठमाडौं आइपुगेका थिए। 

आइतबार चिनियाँ दूतावासमा आयोजित विदाई समारोहमा बोल्दै, निवर्तमान राजदूतले चीन र नेपालबीचको सम्बन्ध अनौठो रहेको बताउँदै जहाँ भए पनि नेपालको विकास प्रयासलाई समर्थन गर्ने आफ्नो प्रतिबद्धता व्यक्त गरे।

‘म नेपाल आउनुअघि चीन–नेपाल मैत्रीको समर्थक थिएँ। तीन वर्षपछि, म गर्वका साथ भन्न सक्छु कि म नेपाली र चिनियाँ जनताको आजीवन मित्र बनेको छ।’ 

उनले नेपाल सरकार, निजामती कर्मचारी, कूटनीतिक समुदायका सहकर्मी, मिडिया व्यवसायी र नेपाली समाजका सबै वर्गले दिएको सहयोगको आभार प्रकट गरे।

यही समयमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनले पनि नेपालका लागि अमेरिकी राजदूत डिआर थम्पसनलाई फिर्ता बोलाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad