राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले रुपन्देही-३ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवारका लागि प्रज्वल बोहराको नाम सिफारिश गरेको छ।
राप्रपाको क्षेत्रीय समितिको बैठकले बोहरासहित तीन जनाको नाम सिफारिस गरेको हो। दोस्रो नम्बरमा गौरव बोहरा र तेस्रो नम्बरमा माया रोका नाम रहेको छ।
प्रज्वल र गौरब दाजुभाइ हुन्। दुवै जना पूर्वमन्त्री दीपक बोहराका छोरा हुन्। गत निर्वाचनमा यो क्षेत्रबाट दीपक बोहरा निर्वाचित भएका थिए।
दीपक बोहराको मृत्यु भएपछि उपनिर्वाचन तोकिएको थियो। तर, गत भदौ २३ र २४ को आन्दोलनपछि प्रतिनिधि सभा विघटन भएसँगै उपनिर्वाचन पनि रोकिएको हो।
735
Shares

प्रतिक्रिया