राजनीति


रविको सम्बोधनका लागि र्‍यालीसहित चौविसकोटी पुग्दै कार्यकर्ता

रविको सम्बोधनका लागि र्‍यालीसहित चौविसकोटी पुग्दै कार्यकर्ता

नेपालखबर
पुस ५, २०८२ शनिबार १२:५५, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रमका लागि नेता तथा कार्यकर्ता विभिन्न ठाउँबाट र्‍यालीसहित चितवनको चौविसकोटीमा पुग्न लागेका छन्। 

बुटवलको सुप्रिम सहकारी संस्थाको रकम हिनामिना मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका लामिछाने शुक्रबार छुटेका थिए। धरौटी र विगो बराबरको रकम बुझाएर छुटेसँगै उनले आज चितवनको चौविसकोटीमा सम्बोधन गर्ने कार्यक्रम रहेको छ। 

त्यसका लागि चितवनका विभिन्न स्थानबाट नेता तथा कार्यकर्तासँगै शुभेच्छुकहरू चौविसकोटी तर्फ आइरहेका छन्। विभिन्न ठाउँबाट र्‍यालीसहित आउने क्रम जारी रहेको रास्वपाका नेताहरूले बताएका छन्। 

चितवनबाट काठमाडौँ फर्किनअघि लामिछानेले छोटो सम्बोधन गर्ने कार्यक्रम रहेको रास्वपा प्रवक्ता मनिष झाले जानकारी दिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad