नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा सबैभन्दा शक्तिशाली मानिने महासचिवको प्रतिस्पर्धा निकै पेचिलो बन्दै गएको छ। संस्थापन पक्षबाट केपी शर्मा ओलीका विश्वासपात्र शंकर पोखरेल र ईश्वर पोखरेल समूहबाट सुरेन्द्र पाण्डेबीचको भिडन्तले महाधिवेशन प्रतिनिधिलाई मात्र होइन, आम राजनीतिक वृत्तलाई तरंगित बनाएको छ।
चुनारवी परिणामको तेस्रो अपडेटमा अनुसार शंकर पोखरेलले अग्रता लिएका छन्। हालसम्मको ताजा अपडेट अनुसार शंकर पोखरेलले ६१३ मत पाएका छन्। सुरेन्द्र पाण्डेले ५२६ मत पाएका छन्। उनीहरूबीच अहिले ८७ मतको अन्तर छ। यो भनेको १ हजार १ सय ३९ मत गणाना गर्दाको परिणाम हो। अब करिब आधा मत गणना हुन बाँकी छ।
केपी ओलीको प्यानलका अधिकांश उम्मेदवारले अग्रता लिइरहँदा महासचिवमा देखिएको यो कडा टक्करले शंकर पोखरेलका लागि बाटो सोचेजस्तो सहज नभएको देखिएको हो।
सुरुवाती अग्रता पोखरेलको पक्षमा देखिए पनि पाण्डेले उनलाई निकै नजिकबाट पछ्याइरहेका छन्। जसले गर्दा अन्तिम नतिजा कसको पक्षमा जान्छ भन्न सकिने अवस्था छैन।
अध्यक्ष
- केपी शर्मा ओली : ८४३
उपाध्यक्ष
- अरुण नेपाल : २२३
- गुरु प्रसाद बराल : ५८५
- गोकर्ण राज विष्ट : ७१३
- टकं प्रसाद कार्की : १८६
- पर्शुराम मेघि गुरुङ्ग : ३३४
- पृथ्वीसुव्वा गुरुङ : ९००
- भिम प्रसाद आचार्य : १४३
- रघु जी पन्त : ६१७
- रामबहादुर थापा बादल : ७७४
- विन्दा पाण्डे : ४७४
- विष्णु प्रसाद पौडेल : ८४६
Shares

प्रतिक्रिया