राजनीति


शान्ता चौधरीसँग मत माग्दै ईश्वर पोखरेलको भलाकुसारी: परिणामपछि मात्रै अचार खाउँला (भिडिओ)

शान्ता चौधरीसँग मत माग्दै ईश्वर पोखरेलको भलाकुसारी: परिणामपछि मात्रै अचार खाउँला (भिडिओ)

नेपालखबर
पुस २, २०८२ बुधबार १३:२१, काठमाडौँ

नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि काठमाडौँको भृकुटीमण्डपमा मतदान जारी छ।

 ८० वटा भोटिङ मेसिनमार्फत एमाले महाधिवेशन प्रतिनिधिले भोट हालिरहेका छन्।

एमालेको जारी महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीविरुद्ध वरिष्ठ उपाध्यक्ष ईश्वर पाेखरेल प्यानलसहित प्रतिस्पर्धामा छन्। 

आज बुधबार बिहान ९ बजे सुरु मतदानमा अध्यक्षका दुवै उम्मेदवार ओली र पोखरेलले सुरुवातमै मतदान गरिसकेका छन्। 

यसैबीच मतदानपछि पोखरेलले महाधिवेशन स्थलमा मतदाताहरूलाई भेट्दै मत मागिरहेको भिडिओ सार्वजनिक भएको छ। 

यस क्रममा उनले ओली समूहकी शान्ता चौधरीसँग हात जोडेर मत माग्दै भलाकुसारी गरेका छन्। 

पोखरेलले भनेका छन्, ‘परिणाम आएपछि मात्र अचार खाउँला।’

यसो भन्दा शान्तासहित अन्य मतदाता गलल्ल हाँसेका छन्। 

साथै एकजना भन्दै छन्, ‘तपाईंले नदिए पनि मत माग्न त पाइयो नि!’

एमाले नेतृ शान्ताले केही समयदेखि अचार उत्पादनको व्यवसाय गरिरहेकी छन्।

भिडिओ :

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad