कारोबार


‘सीजीको साथमा, वर्ल्डकप टिकट हातमा’ अफर

‘सीजीको साथमा, वर्ल्डकप टिकट हातमा’ अफर

नेपालखबर
पुस २, २०८२ बुधबार १३:२९, काठमाडौँ

आगामी टी–२० वर्ल्डकपलाई लक्षित गर्दै सीजी ब्रान्डले सिजीको साथमा, वर्ल्डकप टिकट हातमा अफर ल्याएको छ। 

आगामी आईसीसी टी–२० वर्ल्डकपको उत्साहलाई मध्यनजर गर्दै यो योजना ल्याइएको हो। 

यसअन्तर्गत ग्राहकहरूले सीजी ब्रान्डका सामानहरूको खरिदमा हातखाली नजाने पक्का उपहारहरू र बम्पर उपहारमा मुम्बईको विलासी भ्रमण जित्ने अवसर पाउनेछन्।

कम्पनीका अनुसार, “बम्पर उपहारमा विजेताहरूले आईसीसी टी–२० वर्ल्डकप मुम्बईको पूर्ण भ्रमण प्याकेज प्राप्त गर्नेछन्। यो योजनामा सहभागी हुन ‘सीजी स्पेस वारेन्टी नम्बर स्पेस प्रडक्ट नेम स्पेस कस्टुमर नेम स्पेस एड्रेस’ टाइप गरेर ३१००३ मा एसएमएस पठाउनुपर्ने कम्पनीले उल्लेख गरेको छ। त्यसपछि लक्की ड्रमार्फत विजेताहरू छनोट गरिने कम्पनीको भनाइ छ।

विजेताले ५ दिने मुम्बई भ्रमणको अवसर प्राप्त गर्नेछन्, जसमा दुईतर्फी हवाई टिकट,  तारे होटेलमा बसाइ र खानपिनको सम्पूर्ण सुविधा, मुम्बई सिटी टुर र मुम्बईको वानखेडे स्टेडियममा हुने 'नेपालको खेलको टिकट समावेश गरिएको छ।”

कम्पनीले जनाए अनुसार, “बम्पर उपहार बाहेक सिजी ब्रान्डका विभिन्न उपकरणहरूको खरिदमा ग्राहकले हातखाली नजाने गरी निम्न पक्का उपहारहरू प्राप्त गर्न सक्नेछन्। जसमा माइक्रोवेभ ओभनको खरिदमा नि:शुल्क कुकिङ किट, सीजी तथा सिजी मेरिडियाको ४३ इन्चभन्दा माथिका टेलिभिजनको खरिदमा ९ महिनाको नेट टिभी सब्स्क्रिप्शन, त्यसको साथसाथै सिजी ब्रान्डको फ्रन्ट लोड वाशिङ मेसिनको खरिदमा ३ केजी एरियल पाउडर र सिजी ब्रान्डको टप लोड वाशिङ मेसिनको खरिदमा सिजी ब्रान्डको इलेक्ट्रिक केटल  प्राप्त गर्न सक्नेछन्।“ 

यो योजना मंसिर २९ गतेदेखि देशैभर सुरु भइसकेको कम्पनीले जनाएको छ। 

सीजी इलेक्ट्रोनिक्सले देशभर २१ वटा आधुनिक शोरुमहरू, ४० वटा सेवा केन्द्रहरूमार्फत बिक्रीपछिको सेवा सुनिश्चित गर्दै आएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad