स्नातक उत्तीर्ण भइ बेरोजगार हुनुहुन्छ भने यो तपाइँका लागि राम्रो अवसर हुनसक्छ। जागिरको खोजी गरिरहनु भएको छ भने सरकारी सेवामा प्रवेशको पहिलो पाइला पनि हुनसक्छ।
हो, लोकसेवा आयोगले यस पटक विभिन्न समूहमा गरी २ सय ५४ राजपत्रांकित तृतीय श्रेणी अधिकृत पदमा दरखास्त आह्वान गरेको छ।
न्याय सेवा, निजामती सेवा र मानवअधिकार सहितका सेवा समूहमा दरखास्त आह्वान गरिएको हो। आयोगको सूचनाका अनुसार निजामती सेवाको परराष्ट्र, प्रशासन, लेखा परीक्षण सेवा र संघीय संसद सेवातर्फ १७२ सिट माग भएको छ। यसमध्ये १०४ सिट खुलातर्फका लागि हो। यो मध्ये पनि प्रशासन सेवामा सबैभन्दा बढी ७० जनाको माग भएको छ।
आवेदन पेश गर्ने समय पुस १५ गतेसम्मलाई तोकिएको छ।
खुला प्रतिस्पर्धामा कति र समावेशीमा कति सिट माग भएको छ विस्तृत सूची हेर्नुहोस्:
Shares

प्रतिक्रिया