राजनीति


एमाले महाधिवेशन: इन्जिनियर एसोसिएसनका अध्यक्ष डा.थापा केन्द्रीय सदस्यको उम्मेदवार

एमाले महाधिवेशन: इन्जिनियर एसोसिएसनका अध्यक्ष डा.थापा केन्द्रीय सदस्यको उम्मेदवार

नेपालखबर
पुस १, २०८२ मंगलबार १०:१२, काठमाडौँ

प्रगतिशील इन्जिनियर एसोसिएसन नेपाल (पीन) का अध्यक्ष इन्जिनियर डा. भेषराज थापाले नेकपा एमालेको केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका छन्। 

पूर्वाधार विज्ञको रुपमा चिनिएका थापाले एमालेको ११ औँ महाधिवेसनमा खुला तर्फबाट केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका हुन्। 

आफ्नो उम्मेदवारी स्वच्छ, पेशागत र विकासमुखी राजनीतिलाई संस्थागत गर्न र युवा पुस्ताको भूमिकालाई निर्णायक बनाउने उद्देश्यअनुसार भएको उनको भनाई छ। 

थापा जलस्रोत तथा पूर्वाधार इन्जिनियरिङ क्षेत्रमा क्रियाशील छन्। उनले सिंचाइ, जलस्रोत, जलविद्युत्, विपद् जोखिम व्यवस्थापन, पूर्वाधार योजना तथा नीतिको डिजाइन, निर्माण र सुपरिवेक्षणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। 

डा.थापा २०५० सालदेखि नै वाम राजनीतिमा सक्रिय छन्। उनले अनेरास्ववियुको नेतृत्व तहमा रहेरसमेत काम गरिसकेका छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad