राजनीति


विद्यालाई सदस्यताबाटै रोके, मितिनी मञ्जुलाई गुटमा समेटे

विद्यालाई सदस्यताबाटै रोके, मितिनी मञ्जुलाई गुटमा समेटे

वाशुदेव मिश्र
मंसिर २९, २०८२ सोमबार १५:४८, पोखरा

पूर्वराष्ट्रपति तथा मदन भण्डारीकी धर्मपत्नी विद्या भण्डारीलाई सदस्यता नवीकरण गर्नबाटै बञ्चित गराएका एमाले अध्यक्ष केपी ओलीले उनकै मितिनी तथा पोखरा उपमहानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङलाई चाहिँ आफ्नो प्यानलमा समेटेका छन्।

मञ्जुदेवी गुरुङलाई गण्डकी प्रदेशको महिलातर्फबाट उम्मेदवारको रुपमा ओली पक्षले उम्मेदवार बनाएको हो। त्यो समूहमा म्याग्दीकी थममाया थापा, बागलुङकी सावित्रा राना, म्याग्दीकी नरदेवी पुनलगायतको नाम छ। 

विद्या र मञ्जुले २०५९ सालतिर विधिवत् रुपले मितेनी साइनो गाँसेका थिए। पछिल्लोपटक पोखरा आउँदा मञ्जुले होटल ग्राण्ड पुगेर विद्यालाई भेटेकी थिइन् भने उनीसँगै यहाँको विशाल शिवमूर्ति भएको पुम्दीकोट पनि गएकी थिइन्।

विद्याको बाटो छेकिएपछि मञ्जुले मन दुखाएको उनी निकटकाहरु सुनाउँथे। यो महाधिवेशनमा केन्द्रीय सदस्य बन्न इच्छुक नभएको कुरा पनि उनले सुनाएकी थिइन्।

तर, विद्याको बाटो छेक्ने ओली समूहले मितिनीलाई चाहिँ आफ्नै गुटमा सामेल गरेको छ। यसबारे मञ्जुले कुनै प्रतिक्रिया दिएकी छैनन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad