राजनीति


दुई प्यानल भएपछि महाधिवेशनमा उठ्न चाहिनँ : विद्या भट्टराई

दुई प्यानल भएपछि महाधिवेशनमा उठ्न चाहिनँ : विद्या भट्टराई

नेपालखबर
मंसिर २९, २०८२ सोमबार १५:५८, काठमाडौँ

नेकपा (एमाले) को महाधिवेशनमा ध्रुवीकरण भएकाले उम्मेदवार बन्न नचाहेको पूर्वमन्त्री विद्या भट्टराईले बताएकी छन्। 

एमालेको एघारौँ महाधिवेशनमा सोमबार उम्मेदवारी दर्ता भइरहेको छ। अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उम्मेदवारी दिएका छन्। दुवै पक्ष प्यानल बनाएरै चुनावमा गएका छन्। 

दुवै पक्षको उम्मेदवार सूचीमा नभएपछि नेपालखबरले पूर्वमन्त्री भट्टराईसँग उम्मेदवारीबारे जिज्ञासा राखेको थियो। ‘म उठ्न नचाहेको हो। प्यानलाइज भयो। साझा मान्छे, सबैले मन पराउँछन्। प्यानलाइज भएको वेला किन उठ्नु?,’ भट्टराईले भनिन्। 

महाधिवेशनमा उम्मेदवार नहुने विषयमा एक महिनाअघि नै पार्टीभित्र जानकारी गराएको उनले सुनाइन्। नेतृत्वलाई भन्दा पनि आफ्नो निर्वाचन क्षेत्रका नेता तथा कार्यकर्तालाई जानकारी गराएको उनले बताइन्। 

कास्कीको पार्टी नेता तथा कार्यकर्तालाई जानकारी गराएको बताउँदै उनले भने, ‘मैले आफ्नो क्षेत्रमा भनको हुँ- स्वतन्त्र भएर हिड्ने हो। तपाईंले दुई-दुई पटक सांसद बनाउनुभयो। मन्त्री बनाइहाल्नु भो। मैले गर्न सक्ने योगदान गरे। अब म नागरिक भएर काम गर्छु।’

एमालेको दशौं महाधिवेशनबाट उनी केन्द्रीय सदस्य बनेकी थिइन्। त्यस्तै, गत निर्वाचनमा उनी कास्की क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएकी थिइन्।  

गत वर्ष नेपाली कांग्रेससँग सत्ता गठबन्धन भएसँगै ओली नेतृत्वमा बनेको सरकारमा भट्टराई शिक्षा मन्त्री बनेकी थिइन्। तर, शिक्षक आन्दोलनलाई लिएर ओलीसँग मतान्तर भएपछि मन्त्रीबाट राजीनामा दिएकी थिइन्। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad