तत्कालीन माओवादी केन्द्र परित्याग गरेर एमाले प्रवेश गरेका जीवन गौतम केपी ओली खेमाबाट केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन्।
ओलीले खुलाबाट गौतमलाई केन्द्रीय सदस्यको उम्मेदवार बनाएका हुन्।
माओवादीमा हुँदा पनि गौतम पार्टीको केन्द्रीय सदस्य नै थिए। तर, २०७९ सालको स्थानीय तह निर्वाचनमा गौतमलाई प्रचण्डले दाङको घोराही उपमहानगरमा मेयरको टिकट नदिएपछि उनले पार्टी परित्याग गरेका थिए।
गौतम माओवादीमा हुँदा नारायणकाजी श्रेष्ठ निकट नेताको रुपमा चिनिन्थे। उनी विद्यार्थी राजनीतिबाट पार्टी राजनीतिमा आएका नेता हुन्।
300
Shares

प्रतिक्रिया