नेकपा एमालेको केपी शर्मा ओलीले पदाधिकारीका उम्मेदवारको टुंगो लगाएको छ।
त्यसमध्य स्थायी कमिटी सदस्य रहेका भानुभक्त ढकाल उपमहासचिवका उम्मेदवार बन्ने भएका छन्।
ढकाल नेकपा एमालेमा अहिलेसम्म कुनै पदाधिकारी बनेका छैनन्। तर, अब उनले एकैपटक फड्को मार्दै उपमहासचिवको उम्मेदवार बन्ने भएका छन्।
उनी नेकपा एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीको विश्वासपात्र मानिन्छन्। उनी एमालेको ११ औँ महाधिवेशनकाे स्वयंसेवक परिचालन समितिका संयोजक समेत हुन्।
516
Shares

प्रतिक्रिया