नेकपा एमालेले एघारौँ राष्ट्रिय महाधिवेशनका निर्णय र छलफललाई औपचारिक रूपमा अभिलेखीकरण गर्न माइन्युट कमिटी गठन गरेको छ।
आइतबारदेखि भृकुटीमण्डपमा जारी बन्दसत्रमा महासचिव शंकर पोखरेलले उपमहासचिव पृथ्वीसुब्बा गुरुङको संयोजकत्वमा माइन्युट कमिटी गठन गरिएको जानकारी दिए।
समितिमा सूर्यबहादुर थापा क्षेत्री, ज्वालाकुमारी साह, ईश्वरी रिजाल, लीला भण्डारी, विष्णु रिजाल र नीरज आचार्य सदस्य छन्।
महाधिवेशनका क्रममा प्रस्तुत प्रस्ताव, छलफल, निर्णय र निष्कर्षलाई व्यवस्थित रुपमा अभिलेख राख्ने जिम्मेवारी उक्त समितिलाई दिइएको छ।
शनिबार भक्तपुरको सल्लाघारीमा उद्घाटन गरिएको एमाले महाधिवेशनको बन्दसत्र भने काठमाडौँको भृकुटीमण्डपमा सञ्चालन भइरहेको छ।
315
Shares

प्रतिक्रिया