नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कम्युनिस्ट आन्दोलनमा नेतृत्व र विचारको भूमिका निर्णायक हुने बताएका छन्।
सुर्खेतमा आयोजित नेकपाको एकता सभा सन्देश कार्यक्रममा सम्बोधन गर्दै उनले नेतृत्व सही र विचार स्पष्ट भएमा नभएको शक्ति पनि आर्जन गर्न सकिने धारणा राखे।
प्रचण्डले भने, ‘नेतृत्व सही भयो र विचार सही भयो भने नभएको शक्ति पनि आर्जन हुँदो रहेछ, एकपछि अर्को विजय हासिल गर्न सकिँदो रहेछ।’ तर विचार र नेतृत्व गलत भएमा भएको शक्ति समेत खेर जाने उनले उल्लेख गरे।
तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी ओलीप्रति लक्षित गर्दै उनले नेतृत्वका कारण पार्टी र सरकार दुबै कमजोर बनेको टिप्पणी गरे। ‘विचार र नेतृत्व गलत भयो भने भएको शक्ति पनि बर्बाद हुँदो रहेछ,’ प्रचण्डले भने, ‘त्यो कुरा हामीले नेकपाको समयमा अनुभव गर्यौँ।’
ओलीको ठाउँमा अर्कै नेतृत्व भएको भए परिस्थिति फरक हुने उनको भनाइ छ। प्रचण्डले भने, ‘के ओलीको ठाउँमा त्यतिबेला अर्को कोही भइदिएको भए या त्यसको ठाउँमा अर्को कोही प्रधानमन्त्री भएको भए के हुन्थ्यो होला? म कहिलेकाँही फर्केर हेर्ने गर्दछु।’
Shares

प्रतिक्रिया