राजनीति


राजनीतिक शक्तिहरूबीच विश्वास र सहकार्य अपरिहार्य छ : रञ्जिता श्रेष्ठ

राजनीतिक शक्तिहरूबीच विश्वास र सहकार्य अपरिहार्य छ : रञ्जिता श्रेष्ठ

नेपालखबर
मंसिर २७, २०८२ शनिबार १४:२८, काठमाडौँ

नागरिक उन्मुक्ति पार्टी (नाउपा) अध्यक्ष रञ्जिता श्रेष्ठले अहिलेको अवस्थामा राजनीतिक दलहरूबीच सहकार्य आवश्यक भएको बताएकी छन्।

नेकपा (एमाले)को एघारौँ महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य राख्दै अध्यक्ष श्रेष्ठले सहकार्यमा जोड दिएकी हुन्। उनले जेनजी आन्दोलनपछि अवस्था स्मरण गराउँदै श्रेष्ठले भनिन्, ‘एक्लै हिडेर कोही गन्तव्यमा पुग्न सकिँदैन। यसका लागि सबै राजनीतिक शक्तिहरूबीच विश्वास र उच्चस्तरीय सहकार्य अपरिहार्य छ।’

उनले एमालेसँग सहकार्य गर्न नाउपा तयार रहेको बताइन्। ‘यससन्दर्भमा मेरो पार्टी नागरिक उन्मुक्ति पार्टीको तर्फबाट प्रष्ट राख्न चाहन्छु, राष्ट्रियता संरक्षण, देशको विकास र लोकतान्त्रिकरण संरचनाको सुदृढीकरण जस्ता बृहत मुद्दामा एमालेसँग सहकार्यको ढोका सधैँ खुला रहनेछ। तर, त्यो सहकार्यको जग न्याय र समानतामा हुनुपर्छ,’ श्रेष्ठले भनिन्। 

उनले एमाले महाविधेशन उद्घाटन समारोहमा देखिएको जनसागरले उत्साहित बनाएको बताइन्। यसले सबै राजनीतिक दललाई हौसला दिएको उनको भनाइ थियो। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad