नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र बलिया बनाउनका लागि कम्युनिस्ट पार्टी बलियो हुनुपर्ने बताएका छन्।
एमालेको एघारौँ महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले कम्युनिस्ट पार्टी बलियो हुनुपर्नेमा जोड दिएका हुन्। उनले २०४६ साल र २०६२–६३ सालमा कम्युनिस्ट पार्टीको सहभागिताले नै लोकतन्त्र आएको बताएका छन्।
अध्यक्ष ओलीले भने, ‘कम्युनिस्ट पार्टी जति जति बलियो हुन्छ, त्यति त्यति लोकतन्त्रले पूर्णता पाउँछ। राष्ट्रिय स्वाभिमान सुदृढ हुन्छ समृद्धिको यात्रा अगाडि बढ्छ।’
30
Shares

प्रतिक्रिया