नेकपा एमाले महाधिवेशनको पूर्वसन्ध्यामा छ। भोलिदेखि ११ औँ महाधिवेशन सुरु हुँदै छ।
त्यसअघि नै एमालेका २ केन्द्रीय नेताले सक्रिय राजनीतिबाट अलग हुने घोषणा गरेका छन्।
पोलिटब्युरो सदस्यद्वय दल राना मगर र भूपेन्द्र थापा मगरले महाधिवेशनमा चुनाव नलड्ने घोषणा गरेका हुन्। राना र थापा दुवैले सक्रिय राजनीति त्याग्नुको कारण पारिवारिक बताए।
२०४७ र २०५१ मा एमाले पाल्पाको सचिव बनेका राना २०५६ देखि एमाले केन्द्रीय सदस्य थिए।
त्यस्तै थापाले पनि समय दिन नसक्ने भएका कारण सक्रिय जिम्मेवारी नलिने घोषणा गरेको बताए।
‘म्याड बिरामी हुनुहुन्छ। छोरा, बुहारी बाहिर छन्,’ थापाले थपे।
उनले अब पार्टीको केन्द्रीय सल्लाहकार भएर बस्ने बताए।
थापा २०६२ मा एमाले म्याग्दी सचिव र २०६८ मा धौलागिरी अञ्चल कमिटी सचिव थिए।
त्यस्तै २०७१ देखि केन्द्रीय कमिटीमा थिए।
Shares

प्रतिक्रिया