राजनीति


जेनजी आन्दोलनमा सहभागी विद्याथीविरुद्ध मुद्दा लगाएकोमा क्रान्तिकारी विद्यार्थीद्वारा विरोध

जेनजी आन्दोलनमा सहभागी विद्याथीविरुद्ध मुद्दा लगाएकोमा क्रान्तिकारी विद्यार्थीद्वारा विरोध

अखिल (क्रान्तिकारी) उपाध्यक्ष ममता अधिकारी।


नेपालखबर
मंसिर २६, २०८२ शुक्रबार १५:२१, काठमाडौँ

जेनजी आन्दोलनमा सहभागी विद्यार्थीविरुद्ध मुद्दा लगाउन थालिएको भन्दै क्रान्तिकारी विद्यार्थीले विरोध जनाएका छन्। 

नेपाली कम्युनिस्ट पार्टी (नेकपा) समर्थित अखिल (क्रान्तिकारी) उपाध्यक्ष ममता अधिकारीसहित ६ जना विद्यार्थी नेताले शुक्रबार संयुक्त विज्ञप्ति जारी गरी विद्यार्थीलाई मुद्दा नलगाउन अपील गरेका हुन्। ‘जेनजी आन्दोलनका क्रममा सहभागी विद्यार्थी तथा प्रदर्शनकारीहरूमाथि सरकारले अन्यायपूर्ण रुपमा मुद्दा दायर गर्नु र दमनकारी गतिविधि सञ्चालन गर्नु अत्यन्त निन्दनीय छ। यस कार्यको हामी कडा शब्दमा भत्र्सना गर्दछौँ,’ उनीहरूले भनेका छन्, ‘साथै तोडफोड, आगजनी तथा घुसपैठमा संलग्न व्यक्तिहरूको बारेमा निष्पक्ष अनुसन्धान गरी उचित कारबाही गर्न सरकारसँग माग गर्दछौँ।’

यससँगै उनीहरूले नेकपामा भएको एकताको भावना झल्किने गरी विद्यार्थीले पनि गतिविधि सञ्चालन गर्नुपर्ने जनाएका छन्। यसका लागि अखिल (क्रान्तिकारी)को नेतृत्वलाई आग्रह गरेका छन्। 

‘विद्यार्थी संगठनको मूल नेतृत्व तथा फ्याक्सनलाई विधि र पद्धति अनुसार विस्तृत एकता निर्माण गर्न पहल लिन अनुरोध गर्दछौँ,’ उनीहरूले भनेका छन्, ‘पार्टी एकताको भावना झल्किने गरी हाम्रा कार्यक्रम तथा गतिविधिहरू सञ्चालन गर्न हामी सामूहिक अनुरोध गर्दछौँ।’

उनीहरूले आफ्नै नेतृत्वको पनि आलोचन गरेका छन्। जसले गर्दा संगठनका कार्यक्रममा असर परिरहेको जनाएका छन्। ‘पछिल्ला दिनहरूमा संगठनभित्र सामूहिक छलफल हुन छाड्नु अत्यन्त गम्भीर विषय हो, जसको जिम्मेवारी मुख्यतः संगठनको मूल नेतृत्वले लिनुपर्दछ,’ उनीहरूले भनेका छन्, ‘यही कारण संगठनले आयोजना गर्ने कार्यक्रमहरू फिक्का हुने र प्रभावहीन बन्दै गएको अवस्थाप्रति हामी सचेत छौँ।’

अखिल क्रान्तिकारी उपाध्यक्ष अधिकारीसँगै उमेश कँडेल, मदन ढकाल, कृष्णबहादुर सुनार, अभिमन्यू यादव र विराज थापाले प्रेस विज्ञप्ति जारी गरेका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad