आगामी फागुन २१ गतेको लागि घोषित प्रतिनिधिसभा निर्वाचनको समानुपातिक प्रणालीतर्फ भाग लिन निवेदन दिएका दलको अन्तिम नामावली निर्वाचन आयोगले आज प्रकाशन गर्दैछ।
आजै दललाई निर्वाचन चिह्नसमेत प्रदान गर्ने निर्वाचन आयोगको तयारी छ।
बिहीबार दलहरूबाट नाम फिर्ता लिन चाहेमा फिर्ताका लागि निवेदन दिन आयोगले समय दिएको थियो। यसअवधिमा कुनै पनि दलबाट नाम फिर्ताको निवेदन प्राप्त नभएको आयोगले जनाएको छ।
समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयका अनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ कुल ९३ वटा राजनीतिक दलबाट दर्ताका लागि निवेदन परेको छ।
ती निवेदन उपर आयोगले छानबिन गरी चुनावमा भाग लिने दलको अन्तिम नामावली आज प्रकाशन गर्न लागेको हो।
नामावली प्रकाशन भएपछि आयोगले समानुपातिकतर्फ उम्मेदवारको बन्दसूची पेस गर्न दुई साताको समय दिएको छ।
दलहरूले समानुपाति उम्मेदवारको बन्दसूची आगामी पुस १३ गते पेस गर्नुपर्ने आयोगले जनाएको छ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम भने आगामी माघ ६ गतेदेखि मात्रै सुरु हुने पनि आयोगले जनाएको छ।
Shares

प्रतिक्रिया