नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्ष केपी शर्मा ओली भदौ २३ र २४ का घटना छानबिन गर्न बनेको आयोगमा बयान दिन जानुपर्ने बताएका छन्।
बुधबार पोखरेल समूहले पत्रकारहरुसँग आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा उनले आफू भएको भए आयोगमा बयान दिन जाने उल्लेख गरे। ‘केपी शर्मा ओली आयोगमा बयान दिन जानुपर्छ,’ उनले भने, ‘म भए पहिल्यै जान्थेँ।’
आयोग अध्यक्ष गौरीबहादुर कार्की आफूप्रति पूर्वाग्रही भएको भन्दै आफू उनी नेतृत्वको आयोगमा बयान दिन नजाने अडान ओलीले लिइरहेका छन्।
270
Shares

प्रतिक्रिया