राजनीति


काठमाडौँबाट उम्मेदवार हुँदै आएका गगन थापालाई रोल्पा र धनकुटाबाट अफर

काठमाडौँबाट उम्मेदवार हुँदै आएका गगन थापालाई रोल्पा र धनकुटाबाट अफर

नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापा


नेपालखबर
मंसिर २३, २०८२ मंगलबार १७:२६, काठमाडौँ

आसन्न प्रतिनिधि सभा निर्वाचनमा कांग्रेस महामन्त्री गगनकुमार थापालाई उम्मेदवार बन्न धनकुटा र रोल्पा जिल्लाबाट सिफारिश गरिएको छ।

दुवै जिल्लाका जिल्ला कार्यसमिति बैठकहरूले थापाको नामलाई प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सिफारिस गरेका हुन्। दुवै जिल्लामा एक-एक निर्वाचन क्षेत्र छन्। 

रोल्पाबाट सिफारिस गरिएका अन्य व्यक्तिमा लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, महासमिति सदस्य मनोजमणि आचार्य, व्यवसायी मन्दीप सुवेदी र नेता ज्ञानबहादुर ओली छन्। लुम्बिनी प्रदेश सभापति पुनले महामन्त्री थापाका लागि आफू चुनाव नलड्ने घोषणा गरेका छन्। प्रदेश सभापति पुनका स्वकीय सचिव तथा महाधिवेशन प्रतिनिधि अनुपम जिसीले थापाको नाम सिफारिस भएको पुष्टि गरे।

यसैगरी, कोशी प्रदेश अन्तर्गतको धनकुटा जिल्ला कार्यसमितिले पनि थापालाई उम्मेदवारका लागि सिफारिस गरेको छ। कांग्रेस जिल्ला सभापति दिनेश राईले नेपालखबरलाई जानकारी दिँदै गगन थापाको नाम सिफारिस गरिएको बताए।

धनकुटाको यो सिफारिसलाई पार्टीले संगठन विस्तार र कठिन किल्ला तोड्ने रणनीतिको रूपमा पनि हेरिएको छ। धनकुटामा यसअघिका प्रतिनिधि सभा निर्वाचनहरूमा नेकपा (एमाले) लगातार  जित्दै आएको छ। 

यसअघिका चुनावमा थापा काठमाडौँ ४ बाट निर्वाचित हुँदै आएका छन्। थापाको उम्मेदवारीबारे अन्तिम निर्णय केन्द्रीय समितिले गर्नेछ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad