राजनीति


केपी ओलीले विदा लिनुपर्छ, त्यसो गर्दा उहाँको सम्मान बढ्ने छ : कर्ण थापा

उहाँ उभिने, मन लागेजति भाषण गर्ने अनि त्यही निर्णय हुने
केपी ओलीले विदा लिनुपर्छ, त्यसो गर्दा उहाँको सम्मान बढ्ने छ : कर्ण थापा

फाइल तस्बिर


नेपालखबर
मंसिर २२, २०८२ सोमबार १२:४७, काठमाडौँ

नेकपा एमालेका नेता कर्ण थापाले अध्यक्ष केपी शर्मा ओलीको शैली र नेतृत्वप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। 

सोमबार काठमाडौँमा आयोजित कार्यक्रममा उनले पार्टीभित्र बहस र संवादको संस्कृति कमजोर भएको भन्दै अब एमाले जसरी चल्दै आएको छ, त्यसरी चल्न नसक्ने टिप्पणी गरेका हुन्।

‘केन्द्रीय कमिटीका बैठक भनेको उहाँ उभिने, भाषण गर्ने,’ थापाले भने, ‘भाषण जति मन लाग्छ त्यति गर्ने। जे मन लाग्छ त्यो कुरा भन्ने। उहाँले भनेको कुरा मार्क्सवाद । उहाँले भनेको कुरा जबज। उहाँले भनेको कुरा निर्णय। जो, बहुदलीय जनवादसँग कही पनि मेल खाँदैन। द्वन्द्ववादसँग पनि मेल खाँदैन। मार्क्सवादसँग पनि मेल खाँदैन।’ 

थापाले पार्टीभित्र यस्ता अभ्यासविरुद्ध धेरै नेता मौन बसेको उल्लेख गर्दै अब भने परिवर्तन आवश्यक रहेको बताए। ‘हामी बहस गर्न चाहन्छौं। तर्क–वितर्क गर्न चाहन्छौं। देशका जटिल विषयमा खुला छलफल गर्न चाहन्छौं,’ उनको भनाइ छ।

उनले कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउने र सामूहिक नेतृत्व प्रणालीमा जाने भन्दै ओलीले विदा लिनुपर्ने बताए। ‘हामीले नेपालको कम्युनिस्ट आन्दोलनको भविष्यलाई अगाडि बढाउनुपर्ने छ, सामूहकि नेतृत्व प्रणालीमा जाने र मूल्यांकनको सही परिपाटी स्थापित गर्ने,’ थापाले भने, ‘यी कुरा बुझेर उहाँले विदा लिनुपर्छ। उहाँ विदा हुनुभयो भने उहाँको सम्मान बढ्ने छ।’ 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad