समाज


त्रिवि शिक्षण अस्पतालको उपनिर्देशकमा चालिसे र सेढाइँ नियुक्त

त्रिवि शिक्षण अस्पतालको उपनिर्देशकमा चालिसे र सेढाइँ नियुक्त

नेपालखबर
मंसिर २१, २०८२ आइतबार १८:८, काठमाडौँ

त्रिवि शिक्षण अस्पतालको उपनिर्देशकमा डा. पवनराज चालिसे र डा. गोपाल सेढाइँ नियुक्त भएका छन्।  

चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) डीन कार्यालयले त्रिवि शिक्षण अस्पतालको रिक्त उप निर्देशकमा चालिसे र सेढाइँलाई आज नियुक्त  गरेको हो।  

आईओएमका सहप्राध्यापक डा. चालिसे त्रिवि शिक्षण अस्पतालको युरोलोजी एन्ड मिर्गौला प्रत्यारोपण सर्जरी विभागको विभागीय प्रमुख हुन भने सहप्राध्यापक डा. सेढाइ न्युरोलोजी विभागको विभागीय प्रमुख र अस्पतालका प्रवक्ता समेत हुन्। 

डा. धनश्याम गुरुङ र डा. स्मारिका दाहालको कार्यावधि सकिएसँगै आइओएम डीन कार्यलयले उप निर्देशक नियुक्त गरेको हो। उप निर्देशक पदको कार्यावधि २ बर्षको हुन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad