राजनीति


सरकारलाई उपसभामुख रानाको सुझाव: खर्च कटौती होइन, भ्रष्टाचार रोक्नुहोस्

सरकारलाई उपसभामुख रानाको सुझाव: खर्च कटौती होइन, भ्रष्टाचार रोक्नुहोस्

नेपालखबर
मंसिर २१, २०८२ आइतबार १६:३८, काठमाडौँ

प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा रानाले सरकारले लोकप्रिय हुने नाममा अनुचित ढंगले संघीय संसद सचिवालयको खर्च कटौति गरेको भन्दै आपत्ति जनाएकी छन्। 

संसद सेवा दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो कुरा बताएकी हुन्।

उनले खर्च कटौति गरेर मुलुक बन्दैन भन्नेकुरा सरकारलाई थाहा हुनुपर्ने समेत बताइन्। उपसभामुख रानाले सरकारले भ्रष्टाचार अन्त्य गरेर मुलुकलाई सही बाटोमा अघि बढाउनुपर्नेमा खर्च कटौति गरेर गल्ती गरेको बताइन्।

उनले संसद सचिवालयका कर्मचारीहरूको क्षमता अभिवृद्धिका लागि प्रशिक्षण, तालिमलगायतका काम गर्न पनि सरकारले नदिने अवस्था आएको भन्दै असन्तुष्टि व्यक्त गरिन्।

उपसभामुख रानाले भनिन्,‘अहिलेको सरकारले लोकप्रिय हुने नाममा खर्च कटौति भनेर के के कटौति गर्‍यौं। त्यो कुरा सरकारलाई थाहा छ–खर्च कटौति गरेर देश बन्दैन। खर्च करप्सन भएको ठाउँमा कटाउने हो। जहाँ चुहावट छ, त्यहाँ बन्द गर्ने हो। जहाँ काम भइरहेको छ, त्यहाँ कामै रोकियो भने के गर्ने? काम कसरी हुन्छ, देश कसरी बन्छ? खर्च कटाएर, पैसा कटाएर हुँदैन। यहाँ संसद सचिवालयका कर्मचारीहरुलाई याक्टिभ गराउनुपर्‍यो। ट्रेनिङ दिनुपर्‍यो। मैले सुन्छु– सेमिनर गर्न नपाउने रे होटलमा, यो गर्न नपाउने रे।’

उपसभामुख रानाले सरकारले व्यवस्थापिकालाई निचोर्ने काम मात्रै गरिरहेको आफूलाई अनुभूति हुने गरेको समेत बताइन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad