राजनीति


जनकपुरमा आज नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा

जनकपुरमा आज नेपाली कम्युनिस्ट पार्टीको एकता सन्देश सभा

फाइल तस्बिर


नेपालखबर
मंसिर २०, २०८२ शनिबार १०:४६, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टीले आज जनकपुरधाममा एकता सन्देश सभा गर्दैछ। 

मधेस प्रदेशका ८ वटै जिल्लाबाट कार्यकर्ता र शुभेच्छुक उतारेर नेकपाले शनिबार जनकपुरमा सन्देश सभा गर्न लागेको हो। 

माओवादी केन्द्र, एकीकृत समाजवादीसहित १६ वटा वाम घटक मिलेर गएको कात्तिक १९ गते नेकपा गठन भएको हो। 

आज दिउँसो १२ बजे जनकपुरको तिरहुतिया गाछीमा सन्देश सभा हुने सो पार्टीका नेता महेन्द्रराय यादवले जानकारी दिएका छन्।

आजको सभामा ४० हजार भन्दा बढीको सहभागिता रहने दाबी नेकपाले गरेको छ।

सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्ड, सह–संयोजक माधवकुमार नेपाल, नेताहरु नारायणकाजी श्रेष्ठ, गिरीराजमणि पोखरेल, मातृका यादव लगायतले सम्बोधन गर्ने कार्यक्रम छ। 

यसअघि नेकपाले गण्डकी, कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा त्यस्ता सभा गरिसकेको छ। अब बागमतीको हेटौँडामा मङ्सिर २३ गते एकता सभा हुने सो पार्टीले जनाएको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad