राजनीति


निर्वाचनलाई लिएर राजनीतिक दल र सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीको छलफल

निर्वाचनलाई लिएर राजनीतिक दल र सुरक्षा प्रमुखसँग प्रधानमन्त्रीको छलफल

नेपालखबर
मंसिर १९, २०८२ शुक्रबार १७:१७, काठमाडौँ

प्रधानमन्त्री सुशीला कार्कीले आह्वान गरेको सर्वपक्षीय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ। 

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री कार्कीले बैठक आह्वान गरेकी हुन्। बैठकमा निर्वाचन तयारी, सुरक्षा व्यवस्था र निर्वाचन वातावरणका विषयमा केन्द्रित रही छलफल भइरहेको छ।

बैठकमा मन्त्रीहरू, नेपाली कांग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत राजनीतिक दलका प्रतिनिधि सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। सर्वदलीय बैठकमा कांग्रेसबाट महामन्त्री गगन थापा र पुष्पा भुसाल, एमालेबाट शंकर पोखरेल र महेश बर्तौला, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बाट प्रकाश ज्वाला सहभागी छन्। 

त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट शिशिर खनाल र सोबिता गौतम, राप्रपाबाट राजेन्द्र गुरुङ र भुवन पाठक, जसपा नेपालबाट प्रकाश अधिकारी र जनमत पार्टीबाट नरेन्द्र चौधरी बैठकमा सहभागी छन्। बैठकमा निर्वाचन आयोगका पदाधिकारी र सुरक्षा निकायका प्रमुखसमेत सहभागी छन्। 

प्रतिनिधि सभा र राष्ट्रियसभा सदस्य निर्वाचनलाई केन्द्रित गर्दै सरकारले सरोकारवाला पक्षसँग निरन्तर छलफल गर्दै आएको छ। निर्वाचनका लागि आयोगले दुवै निर्वाचनको कार्यतालिका यसअघि नै सार्वजनिक गरिसकेको छ। निर्वाचनमा भाग लिन भनी आयोगमा निवेदन दिएका दलहरूले निर्वाचन केन्द्रित गतिविधि अगाडि बढाइसकेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad