राजनीति


एकताका लागि संवाद गर्ने भन्दै नख्खु कारागार पुगेका सुदनलाई रविले दिए यस्तो जवाफ

एकताका लागि संवाद गर्ने भन्दै नख्खु कारागार पुगेका सुदनलाई रविले दिए यस्तो जवाफ

नेपालखबर
मंसिर १८, २०८२ बिहिबार १८:१३, काठमाडौँ

गत भदौ २३ र २४ को जेनजी आन्दोलनपछि चर्चामा आएका सुदन गुरुङले बिहीबार बिहानै एकता संवादका लागि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई भेट्न नख्खु करागार जान लागेको जानकारी गराए।

फेसबुकमार्फत उनले ‘बालेन र कुलमानलाई मिलाएको’ उल्लेख गर्दै भनेका थिए-‘बालेन र कुलमानको एकतापछि, हामीले गरेको बाचा अनुसार आज एकता संवादको लागि रवि लामिछानेसँग भेट गर्दैछौं र उहाँको धारणा पनि सुन्नेछौं।’

पूर्व घोषणा अनुसार गुरुङ रविलाई भेट्न नख्खु कारागार पुगे। रविसँगको भेटपछि उनले सञ्चारकर्मीहरूसँग प्रतिक्रिया दिँदै एकताबारे कुरा भएको सुनाए। उनका अनुसार रविले आफ्नो पार्टीले जेनजीहरुले उठाएको मुद्धामा पूरा साथ दिने बचन दिएका छन्। 

भेटबारे सुनाउँदै गुरुङले भनेः
एकताको विषयमा उहाँले के भन्नु भयो भने जेनजीका लागि हामी सुरुदेखि नै साथमा थियौँ। अब चाहिँ हामी खुलेर साथ दिन्छौँ। 

भ्रष्टाचारविरुद्धको तपाईंहरूको जुन मुद्धा छ, सबैले उठाए। आफैले भ्रष्टाचार गर्ने, अनि आफैँ मुद्धा उठाउने भयो। आफैँ धामी, आझैँ झाँक्री हुने भए। कित त धामी हुनुपर्‍यो, कि त झाँक्री हुनु पर्‍यो भन्ने कुरामा हामी छलफल भयो। 

म लगायत, मेरो सम्पूर्ण पार्टी साथमा छौँ। तपाईंहरुले उठाएको मुद्धामा, हरेक कुरामा अब रास्वपा पनि खुलेर लाग्छौँ भनेर हामीलाई विश्वास दिलाउनु भएको छ। 

भेटमा रविले आफूलाई सहकारी ठगीका नाममा अनावश्यक मुद्धामामिलामा फसाइएको गुनासो गरेका थिए। यसबारे अहिलेको सरकारे झन शक्तिशाली आयोग बनाएर छानबिन गर्न सक्ने समेत बताएको गुरुले उल्लेख गरे। 

‘उहाँले बरु अर्को आयोग बनाएर भएपनि मलाई छानबिन गरियोस्। ममाथि अझै छानबिन गरियोस् यसमा मलाई कुनै तनाव छैन। तर यतिधेरै मुद्दा म दुई सय वर्ष लाएर पनि भ्याउदिन भन्ने कुरा उहाँले गर्नुभयो।’

सहकारी पीडितको कुरा आफूहरुले पहिलेदेखि नै उठाएको भन्दै रविको कुरा यसमा के रहेछ भनेर बुझ्न पनि कारागार गएको गुरुङले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad