राजनीति


मन्त्रिपरिषद्का २७ निर्णय, वनसम्बन्धी ७ वटा (पूर्णपाठ)

मन्त्रिपरिषद्का २७ निर्णय, वनसम्बन्धी ७ वटा (पूर्णपाठ)

नेपालखबर
मंसिर १६, २०८२ मंगलबार १६:२३, काठमाडौँ

सरकारले कार्बन व्यापार नियमावली, २०८२ स्वीकृत गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले यस्तो निर्णय गरेको हो।

त्यस्तै बैठकले राष्ट्रिय आर्थिक गणना मापदण्ड-२०८२ स्वीकृत गरेको र भदौ २३-२४ का आन्दोलनका कारण भएको क्षतिको मूल्याङ्कन समिति ३० दिनले थपिएको सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए।

सरकारले विभिन्न् २७ निर्णय गरेको छ, जसमध्ये वनसम्बन्धी मात्रै ७ वटा छन्।

यस्ता छन् मुख्य निर्णयहरूः

जेनजी प्रदर्शनमा मारिएका व्यक्तिका परिवारलाई पहिचानपत्र दिने र भदौ २३ लाई जेन–जी सहिद दिवस मनाउने।

भूपाल बराल कर्मचारी सञ्चय कोषको अध्यक्ष नियुक्त।

५ लाखभन्दा बढी मूल्यका कारोबार वित्तीय प्रणालीमार्फत मात्र गर्नुपर्ने व्यवस्था।

नेपाली सेनाका ३ सहायक रथीको पदावधि थप, एक महासेनानीको राजीनामा स्वीकृत।

नेपाल–भारत पेट्रोलियम–ग्यास संयुक्त कार्यसमूहको बैठकमा नेपाली टोलीलाई स्वीकृति।

न्यायाधीशहरूको पारिश्रमिक–सुविधामा संशोधन।

श्रीलङ्कामा बाढीपीडितका लागि २ लाख डलर सहयोग।

चीनको सहयोगमा बन्ने गल्छी-रसुवागढी सडकका लागि दस्तुर छुट र निकुञ्जको २०,००० वर्ग मिटर क्षेत्र अस्थायी प्रयोग अनुमति।

विभिन्न उद्योगहरूलाई राष्ट्रिय वन क्षेत्रमा उत्खननका लागि अनुमति (चुनढुङ्गा, ग्रेनाइट, फलाम)।

विश्वविद्यालय अनुदान आयोगमा ज्ञानबहादुर थापा सचिव, प्रेस काउन्सिलमा डा। कुमार शर्मा आचार्य अध्यक्ष।

लुम्बिनी विकास परिषद्मा दिपक श्रेष्ठ सदस्य-सचिव।

स्वास्थ्य मन्त्रीलाई भारतमा हुने डब्लुएचओ सम्मेलनमा सहभागी हुन स्वीकृति।

स्वास्थ्य मन्त्रालयका १५ निकायको संगठन तथा व्यवस्थापन सर्वेक्षण।

सचिव फणिन्द्र गौतम उमेर हद अनुसार अवकाश।

वैकुण्ठप्रसाद अर्याल सुदूरपश्चिम प्रदेश प्रमुख सचिव पदमा पदस्थापन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad