नेकपा एमालेको ११ औँ महाधिवेशन नजिकिँदै गर्दा एमाले केन्द्रीय कार्यालय च्यासलमा चहलपहल बढ्न थालेको छ।
मंसिर २७ गतेदेखि महाधिवेशन गर्न लागेको एमालेले मंसिर १३ गते देशभरबाट प्रतिनिधि चयन गरिसकेको छ।
महाधिवेशन नजिकिँदै गर्दा एमालेका नेता र कार्यतर्काको उपस्थिति केन्द्रीय कार्यालयमा बढ्न थालेको हो। 
मंगलबार नेपालखबरकर्मी ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालय पुग्दा नेताहरुको बाग्लो उपस्थिति देखियो।
महासचिव शंकर पोखरेल, उपमहासचिवद्वय प्रदीप ज्ञवाली र विष्णु रिमाल तथा सचिवहरू योगेश भट्टराई लगायत पदाधिकारी त्यही भेटिए।
त्यस्तै केही महाधिवेशन प्रतिनिधि समेत त्यहाँ पुगेको पाइयो।
एमालेले महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीमा गर्ने छ भने बन्द सत्रको सञ्चालन भृकुटीमण्डपमा हुने छ।









Shares

प्रतिक्रिया