हङकङ आगलागीमा मृतकको संख्या १४६ पुग्यो

१२ अग्निनियन्त्रकसहित ७९ जना घाइते, अझै ४० जना हराइरहेको अनुमान
हङकङ आगलागीमा मृतकको संख्या १४६ पुग्यो

बासिन्दाहरूले घटनास्थल नजिक पुष्पगुच्छा अर्पण गरेका छन् (एससीएमपी)


नेपालखबर
मंसिर १४, २०८२ आइतबार १८:०, हङकङ

हङकङको ताईपोमा भएको भीषण आगलागीमा मृत्यु हुनेको संख्या १४६ पुगेको छ। १२ अग्निनियन्त्रकसहित ७९ जना घाइते छन् भने अझै ४० जना हराइरहेको अनुमान गरिएको स्थानीय सञ्चारमाध्यमहरूमा उल्लेख छ।

शनिबारसम्म १२८ जनाको मृत्यु पुस्टि भएकोमा आइतबार १८ शव फेला परेपछि मृतकको संख्या १४६ पुगेको हो। आगलागी भएको आज पाँचौँ दिन पुगेको छ।

प्रहरीका अनुसार पछिल्ला शव फ्ल्याट, भर्‍याङ र करिडोरमा फेला परेका हुन्।

यो आगलागीमा परी सात इन्डोनेसियाली सहयोगीको मृत्यु भएको पुष्टि भएको छ। ताईपो जिल्लाको  वाङफुक कोर्टका आठ वटा आवासीय भवमध्ये सात वटामा आगो लाग्दा हङकङ यतिखेर शोकमा डुबेको छ।

२०२४ को जुलाईदेखि मर्मत सम्भार चलिरहेको उक्त भवनहरू बाँसको स्काफोल्डिङ र हरियो जालीले ढाकिएको थियो। अधिकारीहरूका अनुसार मर्मत सम्भार कार्यमा प्रयोग हुने अत्यधिक ज्वलनशील स्टाइरोफोम सामग्रीका कारण आगो द्रुत गतिमा फैलिएको थियो।

सहरमा सात दशकपछि निम्तिएको ठूलो विनासको दु:खमा हङकङ सरकारले शनिबारदेखि सोमबारसम्म तीन दिने सहरव्यापी शोक घोषणा गरेको छ। हिजोदेखि सरकारी भवनहरूमा आधा झुकाइएको राष्ट्रिय र हङकङको झन्डा भोलिसम्म झुक्नेछन्।

सरकारले आगलागीको कारण पत्ता लगाउन आपराधिक अनुसन्धान सुरु गरेको छ। यसबीच हत्या र भ्रष्टाचारको आरोपमा दर्जन मानिस पक्राउ परिसकेका छन्।

बेइजिङले हङकङको उद्धार र राहत प्रयासको प्रशंसा गर्दै सहयोगको वाचा गरेको छ। विपद्को घडीमा सहयोग वाचा गर्नेहरूमा ठूलठूला व्यावसायिक घरानादेखि विभिन्न संघसंस्था पनि अघि सरेका छन्।

यसअघि नै चिनियाँ तीन ठूला व्यावसायिक कम्पनी ज्याकमा फाउन्डेसन, अलिबाबा र एन्ट ग्रुपले ६ करोड हङकङ डलर सहयोगको वाचा गरिसकेका छन्। गैरआवासीय नेपाली संघ, हङकङ पनि यो पंक्तिमा देखिएको छ।

प्रतिक्रिया

Danfe Global Hong Kong Pvt. Ltd.

Ground Floor 9, Keybond Commercial Building,
No. 38 Ferry Street, Kowloon, Hong Kong

[email protected]
[email protected]

Hong Kong Team

Correspondent
Purna Gurung (Macau)

Radio Correspondent
Santosh Tamang
HK News Coordinator
Magendra Rai

Editor in Chief
Purna Basnet
Copyright © 2023. All Rights Reserved. Designed by Curves n' Colors. Powered by .