नेकपा एमाले परित्याग गरेर छुट्टै अभियान चलाइरहेका भीम रावल अहिले नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन्। नेकपाले अहिले देशका ठूला सहरहरूमा एकता सन्देश सभा गरिरहेको छ।
नेकपाले आइतबार पोखरामा सभा आयोजना गरेको थियो। उक्त सभामा बोल्ने वक्ताहरूमध्ये थिए- भीम रावल।
यहाँ उनी लामो भाषणपछि अन्तिममा झुक्किए। उनले आफ्नो पूर्वपार्टी नेकपा एमालेको नाम लिएर भने- आगामी चुनावमा बहुमत आउने गरी मत दिनू।
लगत्तै उनीपछाडि उभिएका एक नेताले उनलाई भने नेपाली कम्युनिस्ट पार्टी। झुक्किएका रावलले आफूलाई सुधार गर्दै भने- पाली कम्युनिस्ट पार्टीको यात्रालाई कसैले रोक्न र छेक्न सक्ने छैन। अनि उनले थपे- नेपाली कम्युनिस्ट पार्टी जिन्दावाद। उनले यसो भनिरहँदा तल रहेका नेता कार्यकर्ता भने हाँसिरहेका थिए।
408
Shares

प्रतिक्रिया