नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन पक्षधरलाई वार्ताका लागि गरेको प्रस्ताव अस्वीकार गरेका छन्।
कार्यवाहक सभापति खड्काले विशेष महाधिवेशन पक्षलाई शनिबार बिहान साढे आठ बजे वार्तामा आउन फोनमार्फत भनेका थिए।
विशेष महाधिवेशनका लागि २४८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित बुझाएको पत्रलाई औपचारिक ‘रेस्पोन्स’ गर्नुपर्ने निष्कर्षसहित विशेष महाधिवेशन पक्षधरले वार्तामा नजाने निर्णय गरेको नेता गुरुराज घिमिरेले जानकारी दिए।
'हामीले २४ सय ८८ महाधिवेशन प्रतिनिधिको हस्ताक्षरसहित विशेष महाधिवेशनका लागि औपचारिक पत्र दर्ता गरेका छौँ,' उनले भने, 'उक्त प्रस्तावकहरूसँग औपचारिक व्यवहार गर्नु जरुरी छ। उहाँ (खड्का)को फोनपछि हामीले छलफल गर्यौँ। छलफलबाट अनौपचारिक वार्तामा नजाने निर्णय भएको छ।'
Shares

प्रतिक्रिया