नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले हिजो संसद विघटन गर्नेहरू नै अहिले संसद पुनर्स्थापनामा लागेको बताएका छन्।
उनले हिजो आफ्नै पार्टीको नेतृत्वले संसद विघटन गर्दा पनि सडकमा उत्रेर विरोध गरेको बताए।
‘हिजो हाम्रै पार्टीको नेतृत्वले संसद विघटन गर्दा हामीले विरोध गरेर सडकमा गयौँ, अन्ततः सर्वाेच्च अदातले विघटन गतल भनेर निष्कर्ष दियो,’ धनगढीमा आयोजित एकता सन्देश सभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘अहिले परिस्थििति जटिल छ, निर्वाचन घोषणा भइसकेको छ, निर्वाचन होस् भन्नेतिर लाग्नुपर्ने मान्छे हिजोको विघटन कर्ताहरू त अहिले ठिक भयो चुनाव होस् अर्काे विकल्प छैन भन्नुपर्थ्यो नि, तर कस्तो उल्टो बुद्धी।’
उनले एमाले अध्यक्ष ओलीले उल्टो बाटो हिँडेर जनतालाई दु:ख दिएको भन्दै सबक सिकाउने बताए।
उनले थपे, ‘हिजो विघटन गर्ने, अहिले चुनाव होइन पुनर्स्थापना। उल्टो जति बेला पनि उल्टो बाटो हिँडेर नेपाली जनतालाई दुःख दिने, यस्ता अहंकारीलाई राम्रो सबक सिकाउने बेला यही हो।’
उनले अहंकारी र दम्भीलाई सवक सिकाउने नेपाली कम्युनिष्ट पार्टी नै भएको बताए। जेनजीहरूले उठाएका एजेन्डालाई नेपाली कम्युनिष्ट पार्टीले पनि उठाउँदै आएको बताए।
‘अहिले जेनजीले आफ्नो सहि अभिभावक चिन्ने बेला आएको छ,’ दाहालले भने, ‘जेनजीका मुद्दा नेपाली कम्युनिष्ट पार्टीले नै उठाएको छ।’
उनले जेनजीका मागहरू सम्बोधनका लागि नै विभिन्न पार्टीहरूसँग एकीकरण भइरहेको बताए। कम्युनिष्टसँग मात्रै नभई गैर कम्युनिष्टहरूसँग पनि ध्रुवीकरण गरेर जाने उनको भनाई थियो।
Shares

प्रतिक्रिया