राजनीति


ओलीको अहंकारले एमालेमा पहिरो गइरहेको छ: नेता शाह

ओलीको अहंकारले एमालेमा पहिरो गइरहेको छ: नेता शाह

नेपालखबर
मंसिर १२, २०८२ शुक्रबार १६:२५, काठमाडौँ

नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का नेता प्रकाश शाहले एमाले अध्यक्ष केपी ओलीको अहङ्कारले नेकपा एमालेमा पहिरो गइरहेको बताएका छन्। नेकपाले सुदूरपश्चिमको धनगढीमा शुक्रबार आयोजना गरेको एकता सन्देश सभालाई सम्बोधन गर्दै उनले ओलीको अहङ्कारका कारण कम्युनिस्ट पार्टी छिन्नभिन्न भएको आरोप लगाएका हुन्। 

एमालेका पूर्वकेन्द्रीय सदस्य समेत रहेका उनले ओली नेतृत्वमा आएपछि पार्टी छिन्नभिन्न भएको पनि बताए।  

‘केपी ओलीको अहङ्कारले एमालेमा पहिरो गइरहेको छ। ओली नेतृत्वमा आएपछि पार्टी विभाजन भएको छ,' उनले भने, 'नेपालीको गुनले नपुगेर जेनजीको खुन चाहियो। तानाशाही बिरालोलाई कठालो समाएर नेपालीलाई न्याय दिन सक्ने नेपाली कम्युनिस्ट पार्टी रहेको छ।'

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad